मिति:- ८ मंसिर २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाजसुदुरपश्चिम प्रदेश

गौरापर्व र यसकाे महत्व

काठमाडौं- नेपाल एउटा  बहुजाती देश भएकाले यहाँ प्रत्येक जातजाति र धर्मावलम्बीका आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक  चाड पर्व छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व विशेष महत्वका साथ मनाइन्छ। यस पर्वले भाइचारा र विश्वासको वातावरण सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ नेपालभित्र र काठमाडौँ र अन्य स्थानसँगै भारतको अल्मोडाल क्षेत्रमा गौरा पर्व मनाइने चलन छ महादेवले पार्वतीलाई काली भनी जिस्क्याउने गरेको र पार्वती गौरीघाटमा गई तपस्या गर्न बसेकी हुँदा यो पर्वलाई गौरा पर्व भन्ने चलन रहेको किवदन्ती विवाहित महिलाहरूले आफ्नो पति को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत लिएर पूजा अर्चना गर्ने चलन रहिआएको छ।

      गौरा पर्व विशेषगरी महिलाले मनाउने पर्व हो। यो पर्वमा गौरा पार्वती महादेव शिवको पूजा गर्ने गरिन्छ। गौरालाई सुदूर तथा मध्यपश्चिमका विवाहित महिलाहरूले सौभाग्य पति, पुत्र  राम्रो हुने विश्वासले यो पर्व मनाउने गर्छन् l सप्तमीका दिन महिला हरू खेतमा गएर धान बलु ,कुस ,दुबो र साउँ गरी पाँच प्रकारका बिरुवाहरू लाई गौराको रुपमा भित्र्याउने चलन छ। यो पर्वलाई समृद्धि तथा सुख शान्तिको पर्वको रुपमा लिने गरेको पाइन्छl
       हिन्दू ग्रन्थमा एसिया महाद्वीपलाई भारतवर्ष भनिएको छ। गौरा पर्वमा सन्तान सौभाग्यका लागि महिलाले मात्र व्रत बसेर पूजाआजा गर्ने चलन भएपनि पुरुषले उनीहरूलाई सघाउँछन् स्नान गरी शुद्ध वस्त्र पहेलो तामाको कुडीमा गाईको गोबरले कुण्ड बनाएर गाईको दूध   राखी दुबोको मुठा चोप्दै काशी गयौँ ,प्रयाग गयौँ,l ओलिया धागो टक्रक्कै गीत गाउँदै आफूले प्रयोग गरेको धारा पधेरो तलाउ वा नदी जुन हो त्यसको नाम लिएर शिरमा सेचन गर्ने चलन रहेको छ। गौरापर्वको सुरुवात बिरुडा अर्थात् पाँचथरिका गेडागुडी  भिजाउने  महिला निराहक व्रतबसी शिव र गौरीको पूजा अर्चना गरी बिरुडालाई प्रसादको रूपमा ग्रहण गरी शान्ति र समृद्धिको कामना गरिन्छ केराउ गहत, गहुँ गुराँस र मासको मिश्रण गरी भिजाउने अन्न नै बिरुडाको रुपमा चिनिन्छ l
     सुदूरपश्चिमा सीमित रहेको गौरापर्व विगत केही वर्षदेखि काठमाडौँ सहरको खुल्ला मञ्चसम्म पुगेको छ। हजारौं पश्चिमेली गौरापर्व मनाउने दिनमा जम्मा भएर आपसमा शुभकामना आदानप्रदान गर्दै देउडा खेलेर मनाउँदै आएका छन् l गौरा पर्व भदौ  महिनाको शुक्लपक्षमा पर्छ त कहिले कृष्णपक्षमा शुक्लपक्षमा पर्ने गौरालाई उजेली कृष्णपक्षमा पर्ने गौरालाई अधेरी गौरा भनिन्छ । पहिलोपटक व्रत बस्ने महिलाले शुक्लपक्षमा व्रत लिएर शुभ हुन्छ भन्ने मान्यता छ। गौरा पर्वको महत्वपूर्ण दिन भनेको अष्टमी   तिथि हो। देउडा खेल गौरापर्वको अर्को आकर्षण रहेको छ बर्तालु महिलाले देवीका भाग गाउँछन् तर पुरुषले डेढी कदम चालेर देउडा खेल खेल्ने गर्दछन् देउडा गौरा पर्वसँग जोडिएको सुदूरपश्चिमको अभिन्न संस्कृति बनिसकेको छ। धार्मिकसँगै सांस्कृतिक बोकेको  पाइन्छ यो पर्वमा गौरा घरबाट डोलीमा राखेर गाउँबाट अर्को वर्षसम्मका लागि बिदाई गरिन्छ  सात दिनसम्म श्रद्धापूर्वक देवीलाई चढाएका नानाथरी फलफुल च्यातरमा राखेर आकाशतिर उफारिन्छ   जसले जे हात पार्यो आफ्नो भाग्यको चमत्कार सम्झन्छन् प्रसादका रूपमा ग्रहण गर्छन् सुदूरका धेरै जिल्लामा आआफ्नै रित अनुसार गौरा भित्र्याउने पूजा गर्ने र विदाई गर्ने परम्परा छ। यति बेला यो संस्कृतिले सबैमा आत्मयता बोध गराएको पाइन्छ l
    गौरा पर्व मनाउन सर्वसाधारण सबै सुदूरपश्चिमका पूर्व प्रधानमन्त्री पूर्वमन्त्री लोक देउडा गायक कलाकार लगायत उच्च व्यक्तित्वको उपस्थितिले खुलामञ्च थप आकर्षण भएको हुन्छ। गौरापर्व सुदूरपश्चिमको बेग्लै धरोहर र पहिचान बनेको छ  । यसले त्यस क्षेत्रको लोक संस्कृति शिष्टता सभ्यतालाई उजागर गरेको पाइन्छ l गाउँघरमा असार साउनको खेतीपातीको कामबाट केही विश्राम पाएको फुर्सदिलो यो समयमा गौरा पर्वले महिमा  ले  सबैको
नयाँ जोष र उत्साह बढ्दछ गौरा महेश्वरको प्रतिमूर्तिलाई शिरमा राखेर नचाउनुलाई पुरुषले जनै धारण मानेर धारण गरेझैँ महिलाले दुबो धागो लगाउने गर्छन् र नियमित रूपमा जप ध्यान गरी यसको महत्वलाई मान्ने चलन रहेको पाउँदछौं।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker