मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिने तालिम सम्पन्न

कालीकोटः– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिने तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ । २७ र २८ गते छुट्टा छुट्दै दुई वटा तालिमहलमा संचालन भएको तालिममा १ सय २३ मतदान केन्द्रका २ सय ४६ जना र अस्थायी मतदान केन्द्रका २ जना गरी कुल २ सय ४८ जनाले तालिम लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धन बहादुर मल्लले बताउनु भयो ।
तालिमको सहजिकरण जिल्ला न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत भरत लम्साल, प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला निर्वाचन अधिकारी नन्दराम चौलागाई, प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले गर्नु भएको थियो । मंसिर १ गते सम्म मतदान अधिकृत सहितका कर्मचारीहरु सबै मतदान केन्द्रमा पुगि सक्ने निर्वाचन आयोगले जनाएको छ । कालीकोटका १ सय २३ मतदान स्थल मध्य ७४ मतदान स्थल अतिसंबेदलशील २८ मतदान स्थल संवेदनशील र १ सामान्य रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । कालीकोटमा ८० हजार ७ सय ३३ मतदाता छन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.