मिति:- ९ मंसिर २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

फेरी सुरु भयो चिनो खेती

प्रेमराज सिम्खडा
कालीकोटका किसानले लोभ हुदै गइरहेको चिनो खेती गर्न फेरी सुरु गरेका छन । जिल्ला वाहिर जिल्लावाट चिनोको माग वढेपछि किसानले फेरी खेती गर्न थालेका हुन् ।
तीन दशक अघि कर्णालीमा धेरै उत्पादन हुने रैथाने बाली चिनो, कागुनो, फापर,कोदो पछिल्लो समय लोभ हुने अवस्थामा पुगेको थियो । यहाँको पलाँता गाउँपालिकामा चिनो खेतीको पुनः सुरुवात गरिएको छ । खाँडाचक्र नगरपालिकाको वडा नं ११ बरातुका किसान हरिचन्द्र गिरीले यो वर्ष झन्डै एक रोपनीमा चिनो खेती गर्नुभएको छ । चिनोको उत्पादन राम्रो भएको र कर्णालीको रैथाने बाली चिनोकोे बजार माग बढ्न थालेपछि चिनो खेती गर्न थालेको गिरीले बताउनु भयो । जिल्लाको सुन्तला गाँउ भनेर चिनिने बराँतु परापुर्वकालमा चिनो र कागुनोको राम्रो खेती हुने ठाउँ हो ।

द्धन्द्धले गर्दा खासै वाहिरका मान्छेहरुको आउजाउ भएन । त्यसैले बिक्रि हुन छोडेपछि खेती गर्न पनि छोडियो । तर पछिल्लो समय बजारमा माग थामि नसक्नु छ । अहिले माग पुरा गर्न सक्ने अवस्था छैन । पाखो बारीमा फल्ने चिनोका लागि खासै दुःख गर्नुपर्दैन । कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउन्छन । तर मागअनुसार चिनो उत्पादन हुन सकेको छैन । तीन दशक अघिसम्म कर्णालीका नागरिकले जौ,कोदोपछि सबैभन्दा धेरै चिनो खेती गर्थे । तर द्धन्द्धका कारणले मानिस खेतीपानीमा लागेन । उत्पादन भएको वस्तुले वजार नपाएको एउटा कारण हो भने अर्को कारण भनेको कहिले मर्ने एकिन थिएन ।
शान्तीसंगै मान्छेको मन पनि फेरियो, वाहिरवाट पाहुनाहरु पनि आउन थाले । अहिले माग बढी भएको र उत्पादन कम हुँदा पुनः किसान चिनो खेतीतर्फ आकर्षित हुन थालेका हुन । समुन्द्र सतह बाट १५ सय देखि ३ हजार मिटरको उचाईमा चिनो खेती राम्रो फल्ने गरेको छ । पलाँता २ का गोरेवहादुर बमले पहिला चिनोका वारी वद्रियाको राजापुर, कैलालीको चिसापानी सम्म लिएर बिक्रि गर्ने गरेको सुनाउनुभयो । यतावाट चिनो, कागुनोका साथै भैसिँको घ्यु लिएर जाने । उतावाट वाल्ने मोटीतेल, घरपरिवारलाई लगाउने लुगा, खाने नुन ल्याएर आउने गरेको सुनाउनुभयो । देशमा द्धन्द्ध भयो । आज की भोली मर्ने एकिन भएन । त्यसैले सबैको जागर हरायो । खेती गर्न छोडे, खेती नभएपछि कहाँ पाईनु । बिउ समेत खोज्नु पर्ने अवस्थामा पुगेको बमको भनाई छ । तर केही वर्ष यता भने फेरी खेती तिर किसान जुटेका छन ।


चिनो कर्णालीका हिमाली जिल्लाहरुमा फल्ने एक प्रकारको खाद्यबाली हो । यो साविकको कर्णाली कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा जिल्लामा फल्छ । चिनोको भातभन्दा खिर झनै स्वादिलो हुन्छ । स्थानिय जिवन गिरिले सुर्खेत, नेपालगन्ज र काठमाडौंको बजारमा पाँच सय रुपैयाँ देखि एक हजार रुपियाँ किलोमा चिनो बेच्ने गरिएको बताउनुभयो । अग्रानीक खाध्य वस्तुसंगै चिनो औषधि पनि भएको बताउनुभयो । उहाँले सुगर भएका, युरिकेसिट भएका बिरामीले सहज वनाउने औषधी समेत चिनो कागुनु, कोदो भएको सुनाउनुभयो । हामीलाइ त पहिला थाह थिएन । तर वाहिरका मान्छेले औषधी हुन्छ भनेपछि प्रयोग गर्दा हुन पनि भयो गिरीले भन्नुभयो ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker