मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षास्थानीय

पचालझरना गाउँपालिकामा शैक्षिक रुपान्तरण अभियान सुरु

 कालीकाेट- गुणस्तरिय शिक्षाको अधिकार सुनिश्चित गर्न पचालझरना गाउँपालिकाले शैक्षिक रुपान्तरण अभियान संचालन गर्न लागेकाे छ। अभियानले शिक्षा र शैक्षणिक प्रकृयाको महत्वपुर्ण हिस्सेदार प्रधानाध्यापक तथा शिक्षकहरुलाई पुर्ण रुपमा जवाफदेहि र जिम्मेवार वनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताउनु भयाे ।

रुपान्तरण अभियानले गाउँ शिक्षा समिति, बिब्यास अध्यक्ष, प्रधानाध्यापक तथा वालविकास सहजकर्ताको विचमा हुने सम्झौता र प्रधानाध्यापक एवं विषय वा कक्षा शिक्षकको विचमा हुने सम्झौताको कार्यान्वयन अनिवार्य र वाध्यकारि गराउने छ । प्रत्येक शिक्षकले आफ्नो विषयको पुर्णजिम्वारी लिनु पर्ने छ । यस कार्यले नतिजा खोज्ने चलनको सुरुवात गर्ने छ ।

यस कार्यले विद्यार्थिमा ज्ञानको भण्डार वृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताइएकाे छ । रुपान्तरण अभियान निरन्तर रुपमा मुल्याङ्कन तथा परिमार्जन हुदै छ । सामुदायिक विद्यालयको शिक्षाको क्षेत्रमा सुधारको विकल्प नभएकोले रुपान्तरण अभियान अपरिहार्य वनेको भण्डारीले बताउनु भयाे ।

रुपान्तरण अभियानले सामुदायिक विद्यालय र संस्थागत विद्यालय विच रहेको शैक्षिक गुणस्तरको खाडल पुर्न महत्वपुर्ण भुमिका खेल्ने बताइएकाे छ । शैक्षिक रुपान्तरण अभियान कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्कीना बम बबिता, पुर्व गाउँपालिका अध्यक्ष खड्कराज सजुवाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button