मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरसमाजस्थानीय

सुन्थराली बिमानको उद्घाटन हुदै, दुई वटा विमानले उडान भर्ने तयारी

कालीकोट– सुनथराली विमानस्थलको आज उद्घाटन हुदै छ । हिजो नेपालगंजबार बाट उडेको सिता एयरको जहाजले सुनथराली विमानस्थलको प्रमाणित उडान सफलता पुर्वक सम्पन्न गरेपछि आज नेपाल एयर लाइस र तारा एयर लाइसको जहाजले सुर्खेत बाट उडान गर्ने तयारी भइरहेको नहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनु भयो । नेपाल यएर लाइसको जहाज सुर्खेत पुगिसकेको र केहिबेरमा उडान गर्ने तयारी भएको नेपाल एयर लाइसका प्रबन्धक इन्जिनियर देभेन्द्र पुनले बताउनु भयो । तारा एयरको जहाजले बिहान हुम्ला उडान भरहेको र केहि बेरमा सुर्खेत पुग्ने बताइएको छ ।

२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो । बिमान स्थलको उद्घाटनका लागि यस भन्दा अघि तीन पटक समय तोकीए पनि बिभिद् कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रबक्ता प्रदिप बोहोराले बताउनु भयो । भोली सोमबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती द्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ । २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको थियोे ।

सम्माननीय प्रधानमन्त्री बिमान स्थल उद्घाटका लागि कोटवडा आउने भएपछि जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, स्थानीय तह प्रमुख प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा, स्थानीय नागरिक आमन्त्रीत अतिथिहरुलाई स्वागत गर्न बिमान स्थलमा भेला बिहानै देखि भेला भएका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button