कर्णाली नदीमा जीप खस्यो

कालीकोट–हुम्लाको सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको बलेरो जिप उकालो चढ्दै गर्दा च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हुम्लामा मृत्यु भएको छ ।
जनकपुर घर भएका चालक राजेशहेमजंग तामाङको उपचारको क्रममा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताउनु भयो । जिप भिरबाट खस्दा हाम फालेका उनी सिकिस्त घाइते भएका थिए । दुर्घटना अघि अफ्ठ्यारो उकालो सडक भएकाले उनले जिपका यात्रुलाई भने ओरालेका थिए ।
कामका लागि चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर उक्त जिप हिल्सा जाँदै थियो ।
सामान सहित भिरबाट ५० मिटर तल कर्णाली नदीमा खसेको जिप डुबेर बेपत्ता भएको छ । बेपत्ता भएको जीपको प्रहरी र स्थानीय बासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका लागि हिँडेको जिप बिहान करिब ७ बजे उक्त भिरबाट खसेको प्रहरीले जनाएको छ ।
Don’t just advertise—arrive where people notice. Just like this message reached you, we’ll send your ad directly to contact forms across millions of sites.
Find out how this service can boost your business—contact me below.
Regards,
Adela Carmichael
Email: Adela.Carmichael@mymail2go.my
Website: https://betterwaytoadvertise.top