मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराष्ट्रियसमाचार

कर्णाली प्रदेश सरकार: निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

कालीकाेट- कर्णाली प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ । बुधबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० संशोधन गर्ने निर्णय गरेको हाे । परिमार्जित विधेयकलाई पेस गर्ने र परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाइने तयारी गरिएकाे छ । सरकारले २९ असोज २०८० मा कर्णाली प्रदेश निजामती सेवा ऐन लागू गरेको हो ।

बैठकले विभिन्न समयमा विपद्, उद्धार तथा राहत कार्यमा सरकारले प्रयोग गरेको सेनाको हेलिकप्टरको भाडा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निकासा दिने स्वीकृति गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कायममुकायम सचिवमा वरिष्ठ बाली विकास अधिकृत परशुराम रावतलाई जिम्मेवारी दिने र कर्णाली प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker