ताजाखबरमुख्य खबरराष्ट्रियसुचना प्रबिधी
क्यान इन्फोटेक २०२५ काे आज अन्तिम दिन-६० प्रतिशत सम्म छुटकाे स्किम

कालीकाेट- कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएकाे क्यान इन्फोटेक २०२५ आज (साेमबार) सम्पन्न हुदै छ । मेलामा कम्प्युटर सम्बन्धीका बिभिन्न सामानहरु देखी डिजिटल मार्केटिङ सँग सम्बन्धित १ सय ५० वटा स्टल रहेकाे छन् ।
आज मेलाकाे अन्तिम दिन भएकाले हरेक सामान किन्दा १० देखी ६० प्रतिशत सम्म छुटकाे स्किम राखिएकाे छ । क्यान इन्फोटेक भित्र यसपालि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्ट गर्ने सुविधा पनि रहेको छ ।
क्यान इन्फोटेकमा सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । माघ २४ देखी सञ्चालक भएको मेला माघ २८ अर्थात आज सम्पन्न हुदै छ ।