मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचार

आज संविधान दिवस, बिभिन्न कार्यक्रमकाे आयाेजना गरि दिवस मनाइदै

कालीकाेट- आज संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियाे । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष भने फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् ।

संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन नसकेको नागिरकहरुले गुनासाे गरेका छन् । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश भएका छन् । संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवास लगायत दर्जनौं आधारभूत हकहरूको आमनागरिकले अनभूति गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानम‌ै सीमित भएका छन् ।

यसै बिच कालीकाेटमा पनी आज र्याली सहित बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस बनाउने तयारी भइरहेकाे कालीकाेटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयाे ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button